सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी डा.मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । सरकारको निर्णयसँगै नेपाल प्रहरीको नेतृत्व परिवर्तन भएको छ । प्रधानमन्त्रीले १५ मिनेटको मात्र समय राखेर मन्त्रिपरिषद बैठक डाकेका थिए ।
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार
