मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की अदालत जाने भएका छन् । सरकारबाट बर्खास्तीमा परेका आइजीपी कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।
सरकारको निर्णयपछि कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत जाने तयारीमा रहेका हुन् । उनले आफू निकटकाहरुसँग सरकारको निर्णय सार्वजनिक भएलगत्तै अदालत जाने प्रतिक्रिया दिएको उनका अति निकट विश्वस्त स्रोतले जानकारी दियो ।
कार्कीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो सरकारले पहिलेदेखि नै काम गर्न दिएको थिएन । अप्ठेरो पारिरहेको थियो । अब कानुनी लडाइँमा जान्छु ।’ मन्त्रिपरिषदको अहिले भर्खरै सम्पन्न बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर एआइजी मनोज केसीलाई महानिरीक्षक बनाएको थियो ।
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार
