कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
उनलाई कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय मध्यक्रमका बायाँ हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन् ।
कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो ।
तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो । अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा डेभिड मिलर सहभागी हुनेछन् ।
