हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ ।
देशको बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार
