मुटु बाँधिए झैं लाग्छ,
धड्कन थामिए झैं लाग्छ,
श्वास अड्किए झैं लाग्छ,
प्राण फर्किए झैं लाग्छ,
खै किन आजकल मलाई यस्तै यस्तै लाग्छ ?
आशा पोखिए झैं लाग्छ,
रहर तोकिए झैं लाग्छ,
भरोसा ठोकिए झैं लाग्छ,
सम्मान जोखिए झैं लाग्छ,
किन किन आजकल मलाई यस्तै यस्तै लाग्छ ?
झूठ झाँंगिए झैं लाग्छ
भ्रम फक्रिए झैं लाग्छ,
धोखा मौलिए झैं लाग्छ,
घात चौडिए झैं लाग्छ,
कता कता आजकल मलाई किन यस्तै लाग्छ ?
आत्मसम्मान लत्रिए झैं लाग्छ,
आत्मविश्वास थलिए झैं लाग्छ,
कर्तब्य परायणता मक्किए झैं लाग्छ,
मानवता सक्किए झैं लाग्छ,
साँच्चै मलाई आजकल किन यस्तै यस्तै लाग्छ ?
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
कमला डिसी । काठमाडौं