२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको प्रेम (टिजरसहित)

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८१ वैशाख ३१ गते सोमबार

नेपाली फिल्म ‘घर ज्वाइँ’को टिजर सार्वजनिक भएको छ । यस फिल्मको टिजरमा अभिनेता दयाहाङ राई र मिरुना मगरको प्रेम देखाइएको छ । फिल्मले मगर संस्कार र संस्कृतिलाई नजिकबाट नियाल्ने अवसर दर्शकलाई दिने निर्माणपक्षले जनाएको छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको यस फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

आगामी असार २८ गते प्रदर्शनमा आउने यो फिल्ममा दया र मिरुनाका आलाव बुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ । फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ । फिल्मको टिजरले दर्शकलाई उत्साह उत्पन्न गर्ने देखिएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३१ गते सोमबार