२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

‘दान्भी’को रोमान्टिक गीत ‘मायाको खानी’ सार्वजनिक

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८१ जेठ ४ गते शुक्रबार

 नेपाली कथानक चलचित्र ‘दान्भी’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘मायाको खानी’ बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ । अर्जुन पोखरेलको संगीत, प्रदीप प्रखर पोखरेलको शब्दरचना छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नायिका पूजा शर्मा र नवनायक कुन्साङ बोमजोम फिचर्ड छन् । गीतलाई नेपाल र भारतका विभिन्न लोकेसनमा खिचिएको छ ।

रुपेश तामाङको निर्देशन रहेको चलचित्र असार ७ गतेबाट रिलिजमा आउनेछ । 

प्रकाशित मिति : २०८१ जेठ ४ गते शुक्रबार