वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार ओडलाई जिल्ला अदालत कञ्चनपुरले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी बिहीबार साँझ ५ बजे रिहा भएका हुन् ।
ओडविरूद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले उजुरी दिएकी थिइन् ।
ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ