सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा शाखा बिस्तार गर्दै समाज कल्याण परिषद

समाज कल्याण परिषदले लुम्बिनी प्रदेशमा शाखा बिस्तार गर्ने तयारी गरेको छ । संघीय संरचना अनुरुप परिषदलाई क्रियाशिल र प्रभावकारी बनाउन प्रदेशस्तरीय शाखा स्थापनाको तयारी गरिएको हो ।

समाज कल्याण परिषदका उपाध्यक्ष नन्दलाल माझी नेतृत्वको टोलिले स्थलगत अध्यन गर्दै सम्बद्ध सरोकारवाला संग आवस्यक परामर्श लिइरहेको छ । टोलीले सामाजिक संघ संस्थाहरुको साझा संस्था गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशको नेतृत्वसहितको टिमसंग सोमबार कार्यालयमै छलफल गरेको छ ।

गैरसरकारी संस्था महासंघका केन्द्रिय उपाध्यक्ष संजय लम्साल समेतको उपस्थितिमा गरिएको छ्लफलमा परिषदको शाखा बिस्तारको आवश्यकता, अबको स्वरुप, काम, कर्तव्य र अधिकार, क्रियाशिलता र प्रभावकारिता लगायतको विषयमा विमर्श गरियो । परिषद उपाध्यक्ष माझीले प्रत्यक्ष सरोकारवालासँगको थप छलफल र परामर्शका आधारमा शाखा बिस्तार गरिने प्रतिबद्धता व्यक्त गरे ।

गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्बासेले गैरसरकारी संघ संस्थाको समग्र हकहित र बिकासका लागि अधिकार सम्पन्न प्रदेश स्तरीय संरचना आवस्यक रहेको औल्याइन् । कार्यक्रममा शाखा बिस्तारमा गैससको भुमिका र सहयोगका सन्दर्भमा पनि कुराकानी गरिएको थियो ।

परिषद कानुनी सल्लाहकार सन्जय कुमार शाह, परिषद सदस्य संजयकुमार शाह, सहायक निर्देशक प्रकाश पङ्गेनी, गैसस महासंघका केन्द्रीय सदस्यहरु धर्म रोकाया, बिष्णु बेल्वासे लगायतको उपस्थिति रहेकोे थियो । सोही कार्यक्रममा नवनिर्वाचित केन्द्रिय उपाध्यक्ष लम्सालसहित निर्वाचित केन्द्रीय सदस्यलाई सम्मान गरियो । यसैबीच गैसस टोलिद्वारा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनालाई भेट गरि गैरसरकारी संस्थाका समसमायिक सवालमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलवार ०७:०३

लोकप्रिय