सूचनाको शक्ति - The Power Of Information

        

भारतको क्षेप्यास्त्र हमलामा परेका पाकिस्तानका केही स्थान (तस्वीर कथा)

पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरावादमा भारतीय हमलामा परेको बिलाल मस्जिद ।

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन् । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।

पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरमा भारतीय हमलापछि क्षतिग्रस्त बनेको एक भवन ।

भारतीय निशानामा परेको मुरिदकेको एउटा परिसरमा भत्किएको भवनको निरीक्षण गर्दै सैन्य अधिकारी ।

भारतीय क्षेप्यास्त्र आक्रमण भएको पाकिस्तानको पञ्जाब प्रान्तको मुरिदके नजिकै पाकिस्तानी रेञ्जरहरू सतर्क अवस्थामा बसेका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १०:१७

लोकप्रिय