सूचनाको शक्ति - The Power Of Information

        

इन्स्पेक्टर खनालले ल्याए नयाँ गीत ‘मन सानो’

गायक पृथ्वी खनाल भोइस अफ नेपाल २ बाट चर्चा बटुल्न सफल गायक हुन् । फरक शैलीमा विभिन्न गीतमार्फत पहिचान बनाएका छन् ।

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर समेत रहेका उनै गायक खनालले अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । गीतको बोल छ ‘मन सानो’ ।

पृथ्वी खनालकै शब्द र संगीत, शाहस शाक्यको संगीत संयोजन रहेको गीतमा भोइस अफ नेपाल–६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ ।

उनलाई साथ दिएका छन् दृष्टिबिहिन प्रतिभा विबकास थारुले । म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन् भने रोश्नी कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ०९:३३

लोकप्रिय