भारतले पाकिस्तानको कश्मीर र पंजाबका भूभागमा गरेको सैन्य कारबाहीपछि भारत तथा पाकिस्तानले कश्मीर लगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द गर्ने घोषणा गरेका छन् । भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका छन् ।
स्थानीय बासिन्दाले भारतको पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीका कारण सो क्षेत्रका धेरै भागमा विस्फोटको आवाज सुनेका बताएका छन् । पाकिस्तानले पनि भारतले आफ्नो देशमा सैन्य कारबाही गरेपछि प्रतिकार गर्ने तयारी गरिरहेको दाबी गर्दै राजधानी इस्लामाबाद र पंजाब प्रान्तमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ ।
गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतंककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं