सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानले भन्यो, ‘हवाई र जमिनबाट भारतलाई जवाफ दिन्छौँ’

भारतले पाकिस्तानमा मिसाइल आक्रमण गरेपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको छ । भारतले गएराति गरेको मिसाइल आक्रमणमा ३० जनाभन्दा बढी मृत्यु भएको छ । पाकिस्तानले यस्तो जवाफ दिने बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले भने, ‘भारतले युद्ध सुरु गर्यो, त्यसको पाकिस्तानले कडा जवाफ दिनेछ ।’

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’ का नौ ठाउँहरूलाई निशाना बनाएको थियो । भारतीय रक्षा मन्त्रालयले कुनैपनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैरउत्तेजक’ भएको दाबी गरेको छ ।

पाकिस्तानी सेनाले भने भारतले कोटली, मुजफ्फराबाद र बहावलपुरसहित ६ ठाउँमा आक्रमण गरेको बताएको छ । उसले कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा तीन वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ । पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ ।’ पाकिस्तानी सेनाले हवाई र जमिनबाट जवाफ दिने बताएको छ । रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १०:०१

लोकप्रिय