महिलाहरू प्रायः आफ्नो सौन्दर्यप्रति बढी ख्याल राख्छन् । परापूर्व कालदेखि नै महिलाले सोह्र शृङ्गार गर्नुपर्ने परम्परा जस्तो चलिआएको छ । आजभोलि सुन्दर देखिनका लागि महिलाहरूले हजारौँ रुपैयाँसम्म खर्च गर्छन् ।
तर, अनुहारमा आउने अनावश्यक रौँ, विशेष गरी माथिल्लो ओठमा देखिने जुँगाको रेखी, धेरै महिलाहरूका लागि सुन्दरताको बाधक बनेको हुन्छ । यद्यपि पुरुषको जुँगाझैँ बाक्लो र गाढा नभए पनि केही महिलामा ओठमाथि जुँगाको रेखी जस्तै देखिन्छ । आखिर महिलामा यो कसरी देखिन्छ र, यसका पछाडि कारणहरू केके छन् जानौँ :
अनुवांशिक कारण – यदि परिवारमा आमा, दिदीबहिनी वा अन्य महिला सदस्यहरूमा पनि अनुहारमा रौँको समस्या देखिएको छ भने, यो अनुवांशिक हुन सक्छ । एशियाली तथा अफ्रिकी मूलका महिलामा यस्तो प्रवृत्ति अलि बढी देखिन्छ ।
हर्मोनल असन्तुलन – महिलामा अनुहारमा रौँ बढ्नुको प्रमुख कारण हर्मोनको असन्तुलन हो। विशेषगरी, एण्ड्रोजन (पुरुष हर्मोन)को मात्रा बढी हुँदा शरीरका विभिन्न भागमा, जस्तै ओठमाथि, रौँ देखा पर्न सक्छ । यो समस्या प्रायः पॉलीसिस्टिक ओभरी सिन्ड्रोम ९एऋइक्० सँग सम्बन्धित हुन्छ, जसले मासिक चक्र गडबड गराउनुका साथै अनुहारमा रौँ बढाउने गर्छ ।
औषधि तथा उपचारको असर – केही विशेष प्रकारका औषधिहरू जस्तैः स्टेरोइड, हर्मोन सम्बन्धी औषधि वा केमोथेरापीले हर्मोन सन्तुलनलाई असर पुर्याउन सक्छ, जसको प्रभाव स्वरूप अनुहारमा रौँ बढ्न सक्छ ।
अन्य स्वास्थ्य समस्या – थाइरोइडको गडबडी, कुसिङ सिन्ड्रोम जस्ता गम्भीर स्वास्थ्य अवस्थाहरूले पनि हर्मोनको असन्तुलन ल्याएर अनुहारमा अनावश्यक रौँ देखिन सक्छ ।
अनुहारमा अचानक वा अत्यधिक रौँ देखिन थालेमा तुरुन्त विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ । पोषिलो र सन्तुलित खानाले शरीरको हर्मोन सन्तुलन कायम राख्न मद्दत गर्छ । नियमित व्यायामले पनि यो समस्या छुटकारा दिलाउन सक्छ । थ्रेडिङ, वेक्सिङ, लेजर ट्रीटमेन्ट जस्ता सौन्दर्य उपचारको विकल्प अपनाएर पनि रौँ हटाउन सकिन्छ । तर, दीर्घकालीन समाधानका लागि समस्या जाँच गरिनु आवश्यक हुन्छ ।
अनुहारमा रौँ अत्यधिक देखिन थालेमा यसको पछाडि कुनै गम्भीर स्वास्थ्य समस्या (जस्तै एऋइक्, थाइरोइड आदि) त छैन भन्ने कुरा परीक्षणद्वारा सुनिश्चित गर्नु आवश्यक हुन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं