२०५९ सालसम्म ४१ वर्षीय रामबहादुर बिसी नेपाली सेनामा थिए । सुर्खेत भेरीगंगा नगरपालिका–७ काठेघारीका उनले त्यसपछि सेना छाडे । भगौडा भए । जब उनी सेनाका भगौडा भए त्यहाँ सिकेको हतियार चलाउने सिपलाई अपराध कर्ममा लगाए । २०६४ बाट उनको अपराध यात्रा प्रहरीको रेकर्डमा पर्न थाले ।
२०६४ भदौ ९ मा पहिलो पटक उनी विरुद्ध फिरौती लिएको आरोपमा मुद्दा चल्यो । तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौँबाट पहिलो पटक उनी विरुद्ध अनुसन्धान भएको थियो । लगत्तै उनी २०६४ मै संविधानसभाको निर्वाचनको हत्या घटनामा जोडिए । उम्मेदवार ऋषि शर्मालाई गोली हानेर हत्या गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय छिन्चुमा मुद्दा चल्यो ।
२०६५ मै द्वन्द्वपीडित सेना–प्रहरीको आन्दोलनमा सहभागी भए उनी । आन्दोलनमा प्रहरीको हतियार खोसेको आरोप लाग्यो उनीमाथि । त्यही वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका शक्तिबहादुर बस्नेतमाथि कोटेश्वरमा गोली प्रहार भएको थियो । साँझ साढे सात बजे लोडसेडिङ भएको थियो ।
उनी कोटेश्वरको निखिलेश्वर मन्दिर नजिक रहेको घर जान गाडीबाट ओर्लिए लगत्तै उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । उनको तिघ्रामा गोली लागेको थियो । बस्नेतको हत्या प्रयासको आरोपमा उनी पक्राउ परे । अदालतबाट दोषी ठहर भएपछि पाँच वर्ष जेल सजाय र ६० हजार जरिवाना भयो । उनी २०७० सम्म जेलमै रहे ।
त्यसयता उनी कुनै अपराधमा जोडिएर पक्राउ परेका थिएनन् । उनलाई बुधवार बाँकेमा पक्राउ परे । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनलाई भारतीय आपराधिक समूहका नाइके लरेन्स विश्नोइको नाम लिएर आठ करोड फिरौती मागेको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि प्रहरीले भारतीय नम्बर प्रयोग गरेको ह्वाट्स एपबाट कल गरेर धम्क्याउँदै पाँच करोड भारु मागेको आरोप लगाएको छ ।
उनले लरेन्सको भाइ अनमोलको नाम लिएर फिरौती मागेको प्रहरीको दाबी छ । लरेन्स समूहसँग उनको सम्बन्ध छ या छैन त्यो भने प्रहरीले खुलाएको छैन । २०५९ सालमा आर्मीको जागिर छाडेर भागेपछि उनी विभिन्न नामले आपराधिक समूहमा लागेर अपराधको गतिविधि गर्दै आएको प्रहरीको भनाइ छ ।
आपराधिक क्रियाकलाप गर्ने उदेश्यले उनले भारतीय आधारकार्ड समेत लिएको पाइएको प्रहरीको भनाइ छ । क्षेत्रीले विश्नोईको नाम लिएर धम्क्याएका थिए । विश्नोई समूह भारतीय ग्याङ्स्टार हो । फिरौती माग्नेदेखि हत्यासम्ममा यो समूह संलग्न थियो । उनी सन् २०१४ देखि भारतीय कारागारमा छन् ।
२९ मे २०२२ मा पञ्जाबको संगर सिद्धु मुसेवालाको हत्या, भारतीय नायक सलमान खानलाई ज्यान मार्ने उद्योग गरेको, बाबा सिद्धिकी हत्या जस्ता आरोप विश्नोई समूहलाई लागेको छ । यता धम्कीका लागि नाम लिइएको अनमोल भने लरेन्स विश्नोईका भाइ हुन् । उनले पनि व्यायारी र उद्योगीसँग फिरौती माग्ने धम्क्याउने गरेको आरोप छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं