नेपालकै चर्चित पर्यटकीय केन्द्र रारा तालबाहेक मुगुका उत्तर–पूर्वी क्षेत्रमा रहेका महत्वपूर्ण गन्तब्यहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । विशेषगरी मुगुम कार्मारोङ गाउँपालिकामा रहेका महत्वपूर्ण धार्मिक शक्तिपिठ, झरना, गुम्बा, साँस्कृतिक, रितिरीवाज, हिमाल, नदी तालललैया, तामाखानी, दाउराको ढुङ्खा, तिहार बगर, छाँयानाथ, लोपमुलक बन्यजन्तु, जडिबुटी लगायतका आकर्षित क्षेत्र प्रचारको अभावमा ओझेलमा परेका हुन् ।
जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना नहुँदा पर्यटकीय गन्तव्यहरु ओझेलमा परेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको सूचि जिल्लाले निर्माण गर्न सकेको छैन । चारवटै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्रका पर्यटकीय गन्तव्यको सूची बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना बनाउनुपर्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् ।
पछिल्लो समय भौतिक विकास भए पनि प्राकृति, सांस्कृतिक, ऐतिहासिक परिचय माथि उठाउन पहल नभएको सरोकारवालाहरुको भनाई छ । स्थानीय सरकार साथै राज्यका तीनवटै तहका सरकारबाट बजेट विनियोजन, प्रचारप्रचारका कार्यक्रम निर्माण नहुँदा गाँउपालिकाभित्रका गन्तव्यहरु ओझेलमा परेका हुन् । यहाँका पर्यटकीय स्थलहरुमा स्थानीयदेखि संघीय सरकारले चासो नदेखाएकाले गुमगाम रहेको गाँउपालिका–८ का स्थानीय सोनाम लामाले बताए ।
उनले भने, ‘यी क्षेत्रको प्रचारप्रसार एवम् प्रबद्र्धनमा कसैको चासो छैन् । स्थानीय सरकारका प्रमुखहरुले भने पर्यटन गुरुयोजना बनाउने भन्न छाडेका छैनन् । पर्यटन विकासको गुरु योजना बनाएर गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्नेदेखि पालिकाभित्र स्थलहरुको बारेमा नीति बनाएका छैनन् ।’ स्थानीय उगिन नुडुप लामाले भौतिक विकास र मानवीय विकाससँगै पर्यटन विकास जोड्ने गरी योजना बनाए पनि प्रचारप्रसार नहुँदा पर्यटकीय गन्तव्यहरु ओझेलमा रहेको बताए ।
पर्यटनको राम्रो सम्भावना बोकेका छाँयानाथ रारा नगरपालिका पछिको मुगुम कामारोङ गाउँपालिका प्रमुख मानिन्छ । सबैभन्दा बढी बैद्धिक धर्मावलम्बीहरुको बस्तीहरु बसोवार रहेको हुँदा यहाँका गुम्बा, गुफा, मठ, मन्दिर, मौलिक शैलीका घर, अथिति सत्कार, रैथाने अन्नबाली, जडिबुटीको प्रचारमा नजर जाने हो भने राम्रो फाइदा लिन सक्ने पर्यटक लक्ष्मीप्रसाद पाण्डेको भनाइ छ । स्थानीइ सरकारबाट केही काम भएपनि लक्ष्य अनुसार काम हुन नसकेको र प्रदेश एवम संघीय सरकारसंग बजेटका लागि पहल गरेपनि सहयोग नभएको वडा नं.८ का वडाध्यक्ष पेमा टुन्डुप लामाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मुगु