२०८१ फागुन ९ गते शुक्रवार, २१ फेब्रुवरी २०२५ । फाल्गुण कृष्णपक्ष अष्टमी तिथि, ८ः३३ बजेपछि नवमी । अनुराधा नक्षत्र, १२ः५९ बजेपछि ज्येष्ठा । चन्द्रराशि वृश्चिक ।
परिस्थिति केही असहज रहने समय छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । वचन पूरा गर्न नसक्दा घर–व्यवहारमा पनि समस्या आउन सक्छ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । मिहिनेतले काम सम्पादन भए पनि तत्काल आम्दानी हातलागी नहुन सक्छ ।
यसअघि रोकिएको काम प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । योजनाअनुसार समयमै काम बनाउन सकिनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । आस मारेको नतिजासमेत सकारात्मक हुनेछ । यात्राको प्रक्रिया अघि बढ्ने समय छ ।
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ । बलजफ्तीले काम बिग्रन सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ ।
नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ ।
कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
समयमा होस नपुग्नाले केही रकम बाहिरिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । वैदेशिक रोजगारीमा हुनेहरूलाई भने फाइदै हुनेछ । किनमेलमा भने अधिक खर्च हुन सक्छ ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । मनग्य नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ ।
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला । अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ । तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं