सूचनाको शक्ति - The Power Of Information

        

बाख्रामा खसीको ‘अण्डकोष’ सिलाएर बेचेपछि…

खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेमा वीरगन्ज–१३ निवासी ४१ वर्षिय हारुन मिया अन्सारी रहेको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए ।

प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपूरको टोली उक्त फ्रेस हाउसमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको उनले बताए । प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अन्सारीमाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार ०८:४४

लोकप्रिय