अमेरिकाले आफ्नो नयाँ आप्रवासन नीतिअनुसार १,३६५ जना नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट अन्तर्गतको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन्सको दस्तावेजमा यो खुलासा भएको हो ।
डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचनअघिको घोषणा अनुसार राष्ट्रपति बनेपछि अवेध आप्रवासीलाई फिर्ता पठाउने आदेश जारी गरेपछि यी अवैध आप्रवासीलाई देशबाट निकाल्न लागिएको हो । अमेरिकाले केही अवैध आप्रवासीलाई आफ्नो देश फर्काइसकेको छ र केहीलाई हिरासतमा राखेको छ ।
अहिले सार्वजनिक भएको दस्तावेजमा सूचीकृत अवैध आप्रवासीहरूलाई भने अहिलेसम्म हिरासतमा राखिएको छैन । अमेरिकाको अध्यागमन विभागले अब यी आप्रवासीलाई घर फर्काउने अभियान अगाडि बढाउनेछ । यसरी निकालिने सूचीमा विभिन्न देशमा १४ लाख ४५ हजार ५४९ जना आप्रवासी छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं