सूचनाको शक्ति - The Power Of Information

        

श्रावण शुक्ल पञ्चमी

आज नागपञ्चमी, किन गर्ने नागको पूजा ?

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिनेछ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परा अनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ । वराहपुराणमा उल्लेख भए अनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परा रहेको छ । उदयकालको पञ्चमी तिथी भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिनेछ ।

काठमाडौँका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटी लगायत परिकार प्रसाद चढाइन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरूको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । जुन घरमा नागको पूजा हुन्छ, त्यो घरमा लक्ष्मीको वास हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी अष्टनागलाई आजको दिन (ब्राह्मण) पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

किन गर्ने नागको पूजा ?

वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरू सुरु हुन्छ । वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ । साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो ।

साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूको पवित्र महिना भएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन् । उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरू सकिन्छन् । हाम्रा जति पनि चाडपर्वहरू छन् ती सबै किसान र कृषिसँग सम्बन्धित छन् । मुख्यगरी खेतीपातीको मौजारो गरिसकेपछि चाडपर्वलाई स्वागत गरिन्छ ।

मैजारो गरेर साउन १ गते मिठा खानेकुरा बनाएर खाने, रमाइलो गर्ने चलन छ । साउन १५ गते खीर खाने प्रचलन छ । खीरमा बढीजस्तो पौष्टिक तत्त्व रहेको हुनाले थाकेको शरीरले भोलिको दिनमा काम गर्न सकियोस् भनेर खीर खाने चलन चलेको हो । तर यो चलन सहरमा बसेकाहरूका लागि बनाइएको होइन । सहरमा बसेका मान्छेहरू सधैँ खाइ नै रहेका हुन्छन् ।

विशेषगरी ग्रामीण इलाकामा बस्नेहरूलाई खीरको अलग्गै महत्त्व छ । साउन महिना हरियो चुरा लगाउने चलन छ । किनभने साउनभर पूरै पृथ्वी हरियो हुने र शिवजी खुसी हुने विश्वास छ । साउनको महिना शिवजीलाई बेलको पात नै चढाउने चलन छ । बेलको पातको महत्त्व धेरै नै छ । तर कसैले जानेर चढाउने गर्छन् भने कसैले नजानेर चढाउने गर्छन् । बेलको पत्र हरियो छ, यसमा जहिले पनि तीनवटा पत्ता हुन्छन् । तर कसैमा दुईवटा पत्नी हुन्छन् ।

खासगरी भगवान् शिवलाई चढाउँदा तीनवटा पत्र भएको चढाउनुपर्छ । तीनवटा पत्रको भिन्नाभिन्नै महत्त्व छ । जस्तै : ठुलो एउटा पात हुन्छ र अरू बिचमा दुईवटा पात छन् । त्यो मध्ये पनि एउटा ठुलो अनि एउटा सानो हुन्छ । तर यसमा पनि डाँठ नभएको चढाउनु हुँदैन । एउटा ब्रम्हा, एउटा पात विष्णु र अर्को पात महेश्वर हुन् । शिवजीको परिवारमा चार जनाको परिकल्पना गरिएको छ । बाबु शिव, आमा पार्वती, छोरा कार्तिक र कान्छाको नाम गणेश हो ।

शवको महत्त्व सबैभन्दा ठुलो छ । सबैको एउटा एउटा बाहन छन् । शिवको वाहन–साँढे गोरु जो बिस्तारै हिँड्छ । पार्वतीको वाहन, बाघ जो छिटो दौडिन्छ । जेठो छोरा कार्तिकको वाहन मजुर जो छिटो उड्ने गर्छ । साथै कान्छो छोरा गणेशको बाहनमुसा जो बिस्तारै हिँड्ने गर्छ । तर शिवजीले सबैलाई मिलाएर राखेका छन् त्यसैले उनीबाट हामीलाई धेरै कुरा सिक्न भनिएको हो । अब नागपंचमीको महत्त्व पनि शिवजीसँग जोडिन्छ ।

शिवजीले आफ्नो गणनाका रुपमा सर्पलाई लिएका छन् । घाँटीमा सर्प लगाएर पनि शिवजी शान्त छन् । यसको अर्थ केहो भने, हाम्रो जुन वायूमण्डल र पृथ्वी छ त्यहाँ सूर्यको विकिरण आउँछ । विभिन्न धुँवाधुलो र समस्याले गर्दा गर्दाखेरी ओजन तह विस्तारै बिस्तारै घटिरहेको हुन्छ । त्यहीँ ओजन तहलाई सर्पले सूर्यबाट आएको विकिरणलाई सर्पले सोसेर विषमा परिणत गर्ने गर्दछ । यो विज्ञानले पुष्टि गरेको कुरा हो । हिन्दुहरूले मरेको मान्छे जलाउने गर्छन् ।

जलाउँदाको धुँवाले चाहीँ ओजनतहलाई टाल्ने काम गर्दछ । जलाउँदा पनि प्रकृतिले मान्छेले भलाइ गरिरहेको छ । विकिरणलाई नागले सोसेर लिन्छ । मानिसलाई जोगाउन सर्पले मद्दत गर्छ । शरीरमा विकिरण नै विकिरण र ब्याक्टेरियाहरु धेरै छन् । राम्रा ब्याक्टेरियाहरु पनि छन् जसले हामीलाई बचाएर राखेका पनि छन् । नराम्रा ब्याक्टेरियाहरु पनि छन् जसले शरीरलाई मार्न पनि खोजिरहेका छन् । शरीरमा भएका विकीरणहरुलाई सोसेर लिएर पनि सर्पले बचाइरहेको हुन्छ ।

जसका कारण पनि सर्पलाई बचाइराख्नुपर्छ । विच्छी र सर्पले हाम्रो शरीरमा भएका खराब तत्त्वलाई लिने काम गर्छ । त्यसैले पनि सर्पलाई हामीले बचाइराख्नु पर्दछ । हिंड्दा टोक्छ, मार्छ छुट्टै कुरा भयो तर बचेर काम गर्नुपर्छ । बिना आक्रमण नगरी त सर्पले पनि मार्दैन् । सबै सर्पहरू विषालु नै हुन्छन् भन्ने पनि छैन । नागको प्रकार केही फरक पनि हुन्छन् । टाउकोमा सिउरो भएको सर्पहरुलाई नागभन्ने चलन छ ।

हिन्दु धर्ममा आठवटा नागको चाहिँ बढी महत्त्व दिइएको छ । विष्णु भगवानसँग शेषनाग मानिएजस्तै सबैको आफ्नो आफ्नो ब्याख्या गरिएको छ । शिवजीले पनि शत्रुबाट बचाउनका लागि घाँटीमा नागको प्रयोग गरेको देखिन्छ । हामी कागजमा नागको तस्वीर बनाएर टाँस्ने गर्छौँ तर धातुको नाग बनाएर राख्न सके राम्रो हुन्छ । नागको आकार र स्वरुप फरक फरक हुन्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशा हुन्छन् ।

प्रत्येक तीन महिनामा नागको शिर फरक फरक हुन्छ । अहिले उत्तरतिर छ भने पश्चिमतिर नाग फर्काउनुपर्ने हुन्छ । टाँसेको नाग त फर्काउन सकिँदैन । धातुको नाग बनाएर राख्यौँ भने फर्काएर पूजा गर्न मिल्छ । नागको पूजा गर्दा धूप बाल्न हुँदैन । किनकि धुपले त सर्प भाग्छ । सर्पलाई रातो मन पर्दैन सेतो मन पर्छ । कपास मन पर्छ । सर्पका लागि मह विषहो दुध चढाउने चलन छ । खैनी पनि त्यत्तिकै विष हो ।

मानिसलाई प्यारालाइसिस हुनुको कारण सर्पसँग सम्बन्धित छ । शरीरमा सर्पको भूमिका बढी भएको मानिसहरुलाई कुण्डलीको १२ कोठा मध्ये ६ कोठा खाली भयो भने कालसर्प देखिने र मानिसलाई प्यारालाइसेस भएको मानिन्छ । इको सिस्टमका कारण पनिनागको महत्वभएको हो । साउन महिनाभरी मानिसले प्रकृतिको पूजा गरिरहेको कारण इकोसिस्टमकै कारण हो । कंक्रिट भवनहरू बनाएर मात्र प्रकृतिको पूजा हुँदैन ।

मान्छे मासिएपछि कति वर्षपछि बल्ल घर ढल्छन् अनि विध्वंस हुन्छ । अनि मात्र प्रकृति आफ्नो ठाउँमा आउँछ । पातलमा नागहरु धेरै बस्छन् भनिन्छ । किनकि पातलमा वा जहाँ धेरै समुन्द्र छ त्यहाँ धेरै बस्ने हो । वास्तविकवा साँच्चिकै नाग नेपाल पाइँदैन भनिन्छ । नागको पूजा गर्दा विषेशगरी कपास प्रयोग गर्नुपर्ने हुन्छ । दुध चढाउँछौं । धान भुटेर लाभा चढाइन्छ । सेतो फूल नागलाई बढी मन पराउँछ । कालो सर्पको पूजा गर्दा नौं वटा नागहरु बनाएर बीचमा तामा, सुनको जे भए पनि काली नाग बनाएर राखिन्छ ।

खोलामा लगेर बगाउनुपर्छ । र नागको नृत्य गर्ने पनि चलन छ । प्रायजेष्ठको महिनमा आँदी आउँछ । तेर्सो खालको विजुली चम्किन्छ । हावाले गर्दा मकै लड्छन् । हाम्रो काभ्रेको पनौतीको विशेष महत्त्व छ । पानी र हावाले पनौतीलाई असर गर्दैन भनिन्छ । त्यहाँ कुनै नागथियो । कुनै तान्त्रिकले समातेर लग्यो तर वर्षमा एक पटक चाँही नाग त्यहाँ आउँछ भन्ने मान्यता छ । त्यसैले पनौतिमा भुँईचालो आएपनि घर भत्किँदैन । नागले रक्षा गरेको छ भन्छन् । नागपूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो ।

वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसीपार्न पूजा गर्ने परम्परा बसेको हो । प्रत्येक घरमा नाग रहेका हुन्छन् भनिन्छ । घरको जगमुनि बसेका नाग रिसाइगएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ०८:१०

लोकप्रिय