सूचनाको शक्ति - The Power Of Information

        

विद्युतीय गाडीको प्रयोगले इन्धन आयातमा कमी

बजारमा इन्धनको माग घटेपछि यो वर्ष २२ अर्ब रुपैयाँ कमको इन्धन आयात भएको छ । चालु आर्थिक वर्षको १० महिनामा मुलुकमा २ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

सोही अवधिमा गत आर्थिक वर्षमा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको इन्धन आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । बजारमा विद्युतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ  । यस्तै ५६ अर्ब ८० करोड रुपैयाँ बराबरको पाँच लाख ६७ हजार किलोलिटर पेट्रोल आयात भएको छ ।

यस्तै १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको एक लाख ६५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै ४६ अर्ब ९८ लाख रुपैयाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन नहुने भएकाले वार्षिक खर्बौं रुपियाँको आयात गर्नुपर्ने बाध्यता छ । गत आवको पहिलो १० महिनामा एक खर्ब २५ अर्ब ३६ करोडको डिजेल, ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको ग्यास आयात भएको विभागको तथ्याङ्क छ ।

विभागका अनुसार विद्युुतीय गाडीको प्रयोगसँगै विकास निर्माणको काम तीव्रगतिमा नहुुँदा डिजेलको खपत अघिल्लो १० महिनाको तुुलनामा १० अर्ब रुपैयाँले कमी आएको तथ्याङ्क छ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ ।

आर्थिक गतिविधि नियमित नहुुँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुुन सकेका छैनन् । यस्तै खाना पकाउने ग्यासको आयात झन्डै तीन अर्ब रुपियाँले कमी आएको छ । पछिल्लो समय विद्युुतीय चुुलोको प्रयोग बढ्दै गएकाले बजारमा खपत हुँदा ग्यासमा समेत कमी आएको हो ।

ग्यासभन्दा सस्तो पर्ने र प्रयोग गर्ने छिटो छरितो हुुने भएकाले पनि विद्युुतीय चुुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएको छ । बिजुुलीको आपूूर्ति नियमित हुँदा अधिकांश उपभोक्ताको घरमा विद्युतीय चुुलोको प्रयोग धेरै हुने गर्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०९:५०

लोकप्रिय