सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ति बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको हो ।
‘पार्टी अनुशासनभन्दा बाहिर गएर आफ्नो विचार व्यवहार प्रस्तुत गर्ने छुट कसैलाई पनि नभएको कुरा पुनः स्मरण गराउन चाहन्छौं,’ समितिको विज्ञप्तिमा भनिएको छ । बराल माओवादीको सैनामैना नगर कमिटी सदस्य पदमा रहेकी थिइन् ।
उनीमाथि पार्टीको साङ्गठनिक जिम्मेवारी, पार्टीमा हुनुपर्ने सामाजिक तथा सांस्कृतिक अनुशासन तथा आम नेपाली सामाजिक तथा सांस्कृतिक व्यवहार विरुद्ध गई सामाजिक सञ्जालमा प्रस्तुत हुन गएको सैनामैना नगर समितिले आरोप लगाएको छ ।
‘उक्त कारण समेतले निजलाई पार्टी सङ्गठनको सम्पूर्ण जिम्मेवारी र पार्टी सदस्य समतबाट निलम्बन गरिएको जानकारी गराउँदछौ,’ विज्ञप्तिमा भनिएको छ । केही दिनअघि बरालले टिकटक लाइभमार्फत आफ्नो वक्षस्थल प्रदर्शन गरेकी थिइन् । त्यसअघि समेत सामाजिक सञ्जालमा प्रस्तुत हुने शैली अपाच्य किसिमको रहँदै आएको थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं