तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा १३ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारका बेला कात्तिक २२ गते सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ रहेकामा सोमबार दुई लाख ६९ हजार १०० रुपैयाँ कायम भएको हो । मंगलबारको मूल्य भने महासंघले तोक्न बाँकी नै छ ।
महासंघका अनुसार तिहारअघि प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ रहेको सुनको मूल्य तिहार सकिएपछि अर्थात कात्तिक २७ गते दुई लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो । कात्तिक २९ गते दुई लाख ७० हजार २०० रुपैयाँ कायम भएको सुन सोमबार थप घटेर दुई लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला २९० रुपैयाँले घटेको छ । तिहारअघि प्रतितोला तीन हजार ८१० रुपैयाँ रहेको चाँदी सोमबार तीन हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम सुनको मूल्य दुई लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य तीन हजार १८ रुपैयाँ रहेको छ ।
