जाजरकोटको जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे–३, स्यालाकी ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै, जुनीचाँदे–३, स्यालाका ३० वर्षीय दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा सुशील भण्डारी र ५० वर्षीया सितला टमटा घाइते भएका छन् । घाइतेहरूको टाउको, घाँटी, छाती, हात तथा ढाडमा चोट लागेको छ । उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।
प्रकाशित मिति : २०८३ असोज २९ गते बिहीबार

