इजरायलदेखि इरान हुँदै रूससम्म युद्धले नोक्सानी भइरहेका वेला सन् २०२४ मा अमेरिकालाई भने सर्वाधिक फाइदा भएको छ । अमेरिकी स्टेट डिपार्टमेन्टद्वारा हालै जारी गरिएको विश्व सुरक्षा कारोबारको प्रतिवेदनअनुसार सन् २०२४ मा अमेरिकाले ४४१ खर्ब १२ अर्ब (४ निल ४१ खर्ब १२ अर्ब) नेपाली रुपैयाँको हतियार र रक्षा सम्झौता गरेको छ ।
उक्त कारोबार सन् २०२३ को अनुपातमा २९ प्रतिशतले अधिक हो । सन् २०२४ मा भएका रक्षा कारोबारमा अमेरिकी कम्पनीले २१९ खर्ब २० अर्ब (२ निल १९ खर्ब २० अर्ब) रुपैयाँको हतियार बेचे । उक्त व्यापार सन् २०२३ मा २१८ खर्ब ८ अर्ब रुपैयाँ थियो । सन् २०२४ मा अमेरिकी सरकारले अरू देशका सरकारसँग गरेका कारोबारको मूल्य १६३ खर्ब २० अर्ब रह्यो ।
यो अघिल्लो वर्ष भएका ११२ खर्ब रुपैयाँको सुरक्षा कारोबारको तुलनामा ४५.७ प्रतिशत बढी हो । अमेरिकी सरकार र अन्य देशका सरकारहरूबीच भएका १६३ खर्ब २० अर्ब रुपैयाँको सुरक्षा कारोबारमा १३४ खर्ब ८ अर्ब रुपैयाँको हतियार विक्री, मित्र देशलाई हतियार किन्न १६ खर्ब ३२ अर्ब रुपैयाँको आर्थिक सहयोग र साझेदार देशको रक्षा क्षमता बढाउन १ खर्ब २६ अर्ब ४० करोड रुपैयाँ पनि संलग्न छ ।
सरकारले सीधै सरकारसँग गरेको सुरक्षा कारोबार
तुर्किये – १९ खर्ब ९० अर्बको एफ–१६ लडाकु जेट
इजरायल – १६ खर्ब २० अर्बको एफ–१५ लडाकु जेट
रोमानिया – ६ खर्ब २० अर्बको एफ–३५ लडाकु र २ खर्ब १० अर्बको एम१ए२ अब्राहम ट्यांक
जर्मनी – ४ खर्ब ३० अर्बको आधुनिक प्याट्रियट एयर डिफेन्स मिसाइल
जापान – ३ खर्ब ४० अर्ब को केसी–४६ ए आकाशमै इन्धन भर्ने विमान र २ खर्बको टमहक विपन सिस्टम
भारत – ३ खर्ब ४० अर्बको एम–९बी स्काई गार्जियन ड्रोन
दक्षिण कोरिया – ३ खर्बको अपाचे लडाकु हेलिकाप्टर
स्पेन – २ खर्ब ४० अर्बको आधुनिक प्याट्रियट एयर डिफेन्स सिस्टम
साउदी अरब – २ खर्ब १० अर्बको सिस्टम लजिस्टिक सपोर्ट
बहराइन – १ खर्ब ९० अर्ब ४० करोडको एम१ए२ अब्राहम ट्यांक
अमेरिकी स्टेट डिपार्टमेन्टले हतियारको कारोबार गर्दा आफ्नो परराष्ट्र नीतिलाई महत्त्व दिने बताएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । न्यूयोर्क