सूचनाको शक्ति - The Power Of Information

        

धार्मिक वाटिका निर्माण गर्न खजुरामा आजदेखि अनुष्ठान प्रारम्भ

बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको छ । अनुष्ठान सचिवालयका संयोजक भक्तबहादुर केसीका अनुसार स्थानीय शिवकालिका मन्दिरको एक बिघा जग्गामा वाटिका निर्माण गरिनेछ ।

मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहिलो धार्मिक पुष्पवाटिका निर्माण गरी ज्येष्ठ नागरिकका लागि सत्सङ्गस्थल बनाउन अनुष्ठान आयोजना गरिएको हो । उनले नेपालगन्ज गुलरिया हुलाकी राजमार्गको खजुराखण्डको नजिकै एक बिघा जग्गामा धार्मिक वाटिका निर्माण गर्न प्रस्ताव गरिएको छ ।

धार्मिक वाटिकालाई विविध वनस्पति, जडीबुटी र पुष्पको अनुपम सङ्गमका रुपमा स्थापित गर्ने लक्ष्य रहेको संयोजक केसीले बताए । यही फागुन २८ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्नुहुने कार्यक्रम छ । अनुष्ठान अवधिभर व्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेष लगायत धार्मिक कार्य गरिनेछ । शिवकालिका मन्दिर खजुरा क्षेत्रको प्राचीन मन्दिर हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार ०८:२४

लोकप्रिय