जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार शुक्रबार राति उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरोको सम्भावना छ । महाशाखाका अनुसार शनिबार देशैभरका हिमाली तथा उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना छ ।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का पानी पर्न सक्ने सम्भावना रहेको छ । महाशाखाले शनिबार देशैभरी बादल लाग्ने देखिएको बताएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं