क्यान्सर रोग निको पार्न गरिने उपचार पद्धतिबारे नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडले नेपालगन्जमा एक कार्यक्रम गरेर जानकारी गराएको छ।
अस्पतालले नेपालगन्जमा क्यान्सर रोगको उपचार पद्धति, रोग पहिचान गर्न प्रयोग गरिएको नयाँ प्रविधि लगायतका बारेमा विस्तृत रूपमा जानकारी गराएको हो।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवम् वरिष्ठ कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट (एमडी) डा. सुदिप श्रेष्ठले क्यान्सर रोग फैलिन नदिन जनचेतना मूलक कार्यक्रम, औषधी उपचार र अनुसन्धान मूलक कामहरू गर्दै आएको बताउनुभयो।
क्यान्सर रोगको उपचार नेपालमै गर्न सकिने र त्यसको लागि आवश्यक पूर्वाधार नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको संस्थाका अध्यक्ष डा. श्रेष्ठले जनाउनुभयो। सरकारले पर्याप्त मात्रामा सहयोग नगरेपनि हस्पिटलले आफ्नै पहलबाट धेरै काम गरेको उहाँको भनाइ थियो।
नेपाल सरकारले प्रदान गर्ने सेवा, सुविधाका साथै हस्पिटलले गरिब तथा विपन्न समुदायका लागि १० प्रतिशत निःशुल्क बेड उपलब्ध गराएको जानकारी पनि सो अवसरमा गराइएको थियो। यसका साथै गरिब तथा विपन्न बिरामीको अवस्था हेरेर उपचारमा थप सहुलियत तथा सहयोग प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।
कार्यक्रममा अस्पतालका सिनियर अन्कोलोजिष्ट सर्जन डा. हेमन्त बताजु, सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. बनिता गुरुङ, कन्सल्टेन्ट गोइनोलोजिष्ट डा. अञ्जु श्रेष्ठ र असिस्टेन्ट कन्सल्टेन्ट रेडियोलोजी अन्कोलोजिष्ट नवीन काजी बज्राचार्यले क्यान्सरका प्रकृति, रोग निदान गर्ने नयाँ प्रविधिको प्रयोग लगायतका बारेमा विस्तृत रूपमा जानकारी गराउनुभएको थियो।
उक्त कार्यक्रममा नेपाल चिकित्सक सङ्घ भेरीका अध्यक्ष डा. विनोद थापा, भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिनेश चौधरी, अस्पतालका सूचना अधिकारी एवम् कन्सल्टेन्ट फिजिसियन डा. सङ्केत रिसाल, नेपालगन्ज मेडिकल कलेजका प्रिन्सिपल प्राध्यापक डा. अनुप शर्मा, प्राध्यापक डा. ढुण्डिराज पौडेल, नेपालगन्ज क्षेत्रमा क्रियाशील चिकित्सक लगायत अतिथिको उपस्थिति रहेको थियो।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके