उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आउँदाे साेमवारदेखि मंसिर १ गते शुक्रवारसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ ।
यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको १८औँ दुबई एअरशो, २०२३ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का यूएई जाने कार्यक्रम तय भएको थियो।
तर यही कात्तिक १७ गते शुक्रवार राति जाजरकोटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भएकाले उपप्रधानमन्त्री खड्काले भ्रमणको कार्यक्रम स्थगित गर्नुभएको रक्षामन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘भूकम्प गएपछि जाजरकोट र रुकुमपश्चितलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको र प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनालगायतका काममा उपप्रधानमन्त्री खड्का स्वयम् निरन्तर क्रियाशील रहनुभएकाले यस विषम परिस्थितिमा वैदेशिक भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ