हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।
शेयर बजार परिसूचक नेप्से आज आइतवार ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र मेन्छियाम हाइड्रोपावर कम्पनी तथा बुङ्गोल इनर्जी कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार राताम्मे भए पनि कारोबार रकम भने उकालो लागेको छ ।
आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख ५९ हजार कित्ता शेयर कारोबार भएका छन् । ७२ हजार चार सय वटा कारोबारमा दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै एनआईसी एसिया बैंकको २७ करोड ५४ लाख र रिलायबल नेपाल लाइफ इन्सुरेन्सको २४ करोड ५२ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ