२०८३ असार ८ , सोमबार 22, June 2026, Monday

‘रोल नम्बर १’ फ्लप

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार ८ गते सोमबार

सबैभन्दा बढी व्यापार गर्ने फिल्मको निर्माताको क्रेडिट लिएर बिनोद पौडेलको लगानीमा बनेको ‘रोल नम्बर १’ फ्लप भएको छ । जेठ १५ बाट प्रदर्शनमा आएको यस फिल्मले असार ७ गतेसम्म मात्रै एक करोड ५५ लाख ग्रस कलेक्सन गरेको छ ।

यसले फिल्म बक्स अफिसमा फ्लप भएको पुष्टि गर्छ । चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्नका लागि ५७ हजार १३२ वटा टिकट बिक्री भएको छ । यस फिल्ममा नायक मुकुन भुसाल, नायिका रेणुनाथ योगी र बाल कलाकार निर्भिक रेग्मी शीर्ष भूमिकामा छन् ।

सेभेन सिज ब्यानरमा बनेको यो फिल्मका निर्माता बिनोदले प्रचारका लागि ‘पूर्णबहादुरको सारङ्गी’लाई पनि हतियार बनाएका थिए । प्रचार सामाग्रीमा लेखिएको थियो, ‘फ्रम द मेकर अफ पूर्णबहादुरको सारङ्गी’ । तर, हलमा दर्शकको खडेरी लाग्यो ।

बिनोद ‘पूर्णबहादुरको सारङ्गी’का सोलो मेकर भने होइनन् । उक्त फिल्म बनाउने टोली विभाजन भइसकेको छ । विभाजित दुवै टोलीले आफूलाई ‘पूर्णबहादुरको सारङ्गी’को मेकर भन्दै क्रेडिट लिइरहेका छन् ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार