२०८३ जेठ १३ , बुधबार 27, May 2026, Wednesday
साहित्य

चुपचाप हार्नुको मजा लिँदैछु अचेल

जति जमाए पनि अन्तमा चाहिने आत्मशान्ति मात्र त रहेछ हजुर,
कमला डिसीकमला डिसी । साहित्यकार । २०८३ जेठ १३ गते बुधबार

बोलाउन छोडी पर्खेर बस्नुको मजा लिँदैछु अचेल
गुनासो छोडी गमेर बस्नुको मजा लिँदैछु अचेल,

साँचो खुशी आफूलाई, आफैंले मात्र दिन सकिँदो रहेछ हजुर,
दुख्न छोडी, सहेर बाँच्नुको मजा लिँदैछु अचेल,

जति जमाए पनि अन्तमा चाहिने आत्मशान्ति मात्र त रहेछ हजुर,
ईच्क्षाउन छोडी, बचेको स्याहार्नुको मजा लिँदैछु अचेल,

विश्व बिजय गर्नेले पनि एकदिन मृत्युसँग हार्नैपर्छ हजुर,
दौडन छोडी, अडिएर नि हार्नुको मजा लिँदैछु अचेल,

सबै मौनता सुनामीअघिको पनि त नहुन सक्छ हजुर,
कराउन छोडी, चुपचाप हार्नुको मजा लिँदैछु अचेल ।

 

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार