सूचनाको शक्ति - The Power Of Information

        

भारतीय गजल गायक उदासकाे निधन

भारतीय गजल गायक पङ्कज उदासको ७३ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार हिजो बिहान ११ बजे मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उदासकाे निधन भएको हो ।

उहाँलाई केही महिनाअघि क्यान्सर भएको थियो । भारतीय सिनेमा र पप सङ्गीतमा उहाँको योगदान धेरै रहेको पाइन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उहाँ चर्चित हुनुभएको थियो ।

उहाँले सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उहाँले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ प्रख्यात  छन् । उहाँका मुकरार, तरन्नुम र मेहफिल जस्ता थुप्रै प्रख्यात गीत छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार ०७:०६

लोकप्रिय