२०८३ कात्तिक १६ , आइतबार 1, November 2026, Sunday

तिहारमा पानी पर्ने सम्भावना कति ?

जलवायु तथा मौसमविज्ञ उज्ज्वल उपाध्यायले आगामी दुई सातासम्म नेपालमा ठूलो मौसमी प्रणाली विकसित हुने सम्भावना कम रहेको बताएका छन् । उनले बंगालको खाडीमा विकसित भइरहेको भनिएको ‘मुरासु’ नामक चक्रवाती वर्षा प्रणालीको प्रभाव नेपालमा पर्ने सम्भावना नरहेको बताएका हुन् ।

उपाध्यायका अनुसार उक्त प्रणालीको प्रभाव भारतको बिहारसम्म पनि पुग्न कठिन देखिएकाले नेपालमा त्यसको प्रभावबारे अनावश्यक चिन्ता लिनुपर्ने अवस्था छैन । नेपालमा अबको कम्तीमा दुई सातासम्म कुनै ठूलो मौसमी प्रणालीको सम्भावना कम रहेको उनको भनाइ छ ।

यद्यपि, केही सीमित स्थानमा स्थानीय मौसमी प्रणाली सक्रिय हुँदा हल्का वर्षा हुनु सामान्य प्रक्रिया भएको उनले स्पष्ट पारेका छन् । देशभरको मौसम उज्यालो र घमाइलो रहेकाले तिहारको तयारी ढुक्क भएर गर्न उनले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते आइतबार