२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८० भदौ २३ गते शनिबार

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।

शुक्रबार सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार