भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । तर उक्त रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान हुने भन्ने खुलाइएको छैन ।
नेपालले भारतसँग दुई खर्ब भारु सहयोग माग गरेको थियो । त्यसमा एक खर्ब ऋण र एक खर्ब अनुदानको प्रस्ताव थियो । भारतले भने नेपालको मागभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो ।
नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुन:निर्माण र थप ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना बनाएको थियो । भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ ।
प्रकाशित मिति : २०८३ मंसिर ७ गते सोमबार
