नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदाको समयमा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आफ्ना डिपोहरू खुला राख्ने भएको छ । निगमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै दसैँको बिदामा उपभोक्तालाई इन्धनको अभाव हुन नदिन स्थानीय आवश्यकताका आधारमा प्रादेशिक तथा शाखा कार्यालय र डिपोहरू खोल्ने तालिका सार्वजनिक गरेको हो ।
बिदाको समयमा इन्धन आपूर्ति तथा उपलब्धतामा कुनै समस्या देखिएमा तत्काल समाधान गर्न निगमले केन्द्रीय कार्यालयका अधिकारीहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । जसअनुसार पेट्रोल र डिजेलको समस्याका लागि नवराज पोखरेल (९८४१४८०२०७) र एल.पी. ग्यास तथा हवाई इन्धनको समस्याका लागि सञ्जीव सङ्ग्रौला (९८४१४३३६०४) लाई सम्पर्क गर्न सकिनेछ ।
Skip to PDF content
प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार

