विराटनगर महानगरपालिका वडा नम्बर–१ स्थित पुष्पलाल चोकमा स्थापित कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको सालिक तोडफोड भएको छ ।
सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै अघि बढेका प्रदर्शनकारीले सालिक ढालेका हुन् । उनीहरूले त्यो चोकको नाम फेरेर ‘जेनजी चोक’ नामकरण गरेका छन् ।
पुष्पलाल चोक उत्तरतर्फ प्रदेश प्रमुख निवास वरपरको भागमा कफ्र्यु आदेश जारी गरेको छ । तर, प्रदेश प्रमुखको निवास आसपास भेला भएर प्रदर्शनकारीले नाराबाजी गरिरहेका छन् ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
