२०८२ माघ २५ , आइतबार 9, February 2026, Monday

६० किलो अवैध सुन प्रकरणमा फरार अमला पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ६ गते शुक्रबार

६० किलो अवैध सुन भन्सार चोरी पैठारी तथा सङ्गठित अपराधमा फरार अमला रोका पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रोकालाई काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ सुर्यदर्शन टोलबाट पक्राउ गरेको हो ।

रोकालाई आज पक्राउ गरिएको व्युरोले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौँमा बुझाइने व्युरोले जनाएको छ । रोका रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भइर हाल काठमाडौँको टोखामा बस्दै आएकी थिइन् ।

उनले बेल्जियम नागरिकसँग बिहे गरेकी थिइन् । उनका पति थुनामा छन् । उनी २०८० जेठ २ गते बरामद भएको सुनको अनुसन्धान सम्बन्धमा भन्सार चोरी पैठारी तथा सङ्गठित अपराध मुद्दामा फरार रहेकी थिइन् ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार