सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १८ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया, रुस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई १५ भदौभित्र फर्किसक्ने गरी फिर्ता बोलाएको छ । राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
डा.शंकरप्रसाद शर्मा – भारत
कान्ता रिजाल – अष्ट्रेलिया
नरेशबिक्रम ढकाल – साउदी अरेबिया
प्रा.डा.कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
धनप्रसाद पण्डित – इजरायल
रामकृष्ण भट्टराई – श्रीलंका
सनिल नेपाल – स्पेन
डा.शैल रुपाखेती – जर्मनी
लोकदर्शन रेग्मी – अमेरिका
चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
डा.शिवमाया तुम्बाहाङ्फे – दक्षिण कोरिया
जंगबहादुर चौहान – रुस
रमेशचन्द्र पौडेल – कतार
प्रा. डा. कृष्णप्रसाद ओली – चीन
सुम्निमा तुलाधर – डेनमार्क
नेत्रप्रसाद तिमल्सिना – मलेसिया
प्रकाशमणि पोखरेल– पोर्चुगल
रीता धिताल – पाकिस्तान
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं