सूचनाको शक्ति - The Power Of Information

        

इण्डोनेसियाको राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो विजयी

इण्डोनेसियाको २०२४ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवार जोडी प्राबोवो सुब्यान्टो र जिब्रान राकाबुमिङ राका विजयी भएका छन् । देशको आम निर्वाचन आयोग (केपीयू) ले बुधवार घोषणा गरेको हो ।

आधिकारिक गणना अनुसार प्रबोवो–जिब्रानले ९ करोड ६२ लाख १४ हजार ६९१ मत प्राप्त गरे । प्राबोवो वर्तमान रक्षामन्त्री हुन भने जिब्रान सोलोका मेयर र वर्तमान राष्ट्रपति जोको विडोडोका छोरा हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १०:०४

लोकप्रिय