सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला प्रहरी बाँके

नेपालगन्जको बन कार्यालय नजिकबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

जिल्ला प्रहरी बाँकेको टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

भारतको रुपइडिहाबाट नेपालगन्ज ल्याउदै गरेको अवस्थामा अन्दाजी २०-२५ ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा भारतको बहराइच बस्ने सलिम सा र तुलसीपुर-३ का वीर बहादुर बिक रहेका छन् ।

विशेष सूचनाका आधारमा उनीहरुलाई पिछा गर्दै जादा प्रहरीले आज बिहान ९ बजे  नेपालगन्ज-१० को कार्यालय अगाडिबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्ने भारतका सलिम डिलर र बिक खरिदकर्ता रहेको पाइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १०:५२

लोकप्रिय