आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् ।
फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिव मन्दिर र शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरू दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान् शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।
धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान् शंकर ब्रम्हाबाट रुद्रको रूपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान् शिवले ताण्डव नाच्दै ब्रह्माण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।
विष्णु पुराणमा उल्लेख भए अनुसार भगवान् शिव विष्णुको तेजबाट उत्पन्न भएका कारण सधैँ योग मुद्रामा नै रहने गर्दछन् । महाशिवरात्रिको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा ईशान संहिताको एक ठाउँमा फाल्गुन कृष्ण चतुर्दशीको महानिशामा आदिदेव महादेव कोटी सूर्यको समान दीप्ति सम्पन्न भई शिवलिङ्गको रूपमा आविर्भूत भएको उल्लेख छ ।
यो दिन भगवान् शिवको पुजा आराधना गरे मात्र पनि जीवनमा सधैँ सुख प्राप्ति हुन्छ भन्ने मान्यता रहेको छ । यस दिनलाई भगवान् भोलेनाथलाई खुसी बनाउने खास दिनका रूपमा पनि लिने गरिन्छ । भगवान् भोलेनाथ केबल एक लोटा शुद्ध जल र बेल पत्रले मात्र प्रसन्न हुने गर्दछन् ।
शिवरात्रिमा यसरी व्रत बस्नुहोस्
– शिवरात्रिका दिन सबेरै उठेर पवित्र गंगाजलले स्नान गर्दा अत्यधिक लाभ मिल्ने धार्मिक विश्वास छ ।
– पञ्चामृतले शिवलाई, शिवलिंगलाई स्नान गराउने ।
– तामाको लोटाले ८ पटक जल चढाउने ।
– शिवरात्रिका दिन र रातमा दीपक जलाउने ।
– चन्दनको तिलक लगाउने ।
– भाग, धतुरो, बेलपत्र, तुलसी, जाइफल आदी चढाउने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ