सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप

काठमाण्डौको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको ।

हिजो बेलुकी भएको झडपमा दुवै पक्षका केही घाइते भएका छन् । सात जना नगर प्रहरीसहित केही फुटपाथ व्यवसायी पनि घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो ।

घाइते सबैको वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा उपचार भइरहेको उहाँले बताउनुभयो । काठमाण्डाै महानगरपालिकाले राति ९ बजेपछि फुटपाथ व्यवसाय राख्न दिने निर्णय गरेकोमा व्यवसायीले हिजो बेलुका ७ बजे नै फुटपाथमा पसल राख्न थालेको र नगर प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १०:०८

लोकप्रिय