सूचनाको शक्ति - The Power Of Information

        

वृद्धभत्ता बुझेर घर फर्किँदा बाटोमै मृत्यु

सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ ।

वृद्धभत्ता लिन सल्लेरी आएर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा जीपमै मृत भेटिएका थिए ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहीबार १२:५५

लोकप्रिय