रुपन्देही लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ख्याउटेपना भएका बालबालिका पाइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार देशमा सबैभन्दा बढी ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो । नेशनल डेमोग्राफि एन्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको छ ।
प्रदेश, संघीय तथा स्थानीय सरकारका विभिन्न निकाय र विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताए पनि सरकारी तथ्याङ्कबाटै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो । लुम्बिनीमा सबैभन्दा धेरै १६ प्रतिशत बालबालिकामा ख्याउटेपना देखिएको हो । जसलाई उमेर अनुसारको उचाइ वृद्धिमा समेत लिने गरिन्छ ।
स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख कौशल भण्डारीका अनुसार सुदूरपश्चिम प्रदेशमा ५ प्रतिशत, कर्णालीमा ४ प्रतिशत, गण्डकीमा ४ प्रतिशत, बागमतीमा ५ प्रतिशत, मधेस प्रदेशमा १० प्रतिशत र कोसीमा ४ प्रतिशत रहेकोमा लुम्बिनीमा १६ प्रतिशत रहेका बताए । जुन तथ्यांकले प्रदेश सरकारलाई समेत गिज्याएको भन्दै आलोचना समेत भएको छ ।
मधेस प्रदेशपछि लुम्बिनी प्रदेशभन्दा ६ प्रतिशतले कम छ । दिगो विकास लक्ष्यका अनुसार नेपाल सरकारले कुल बालबालिकामध्ये ४ प्रतिशतमा ख्याउटेपनालाई रोक्ने लक्ष्य लिएको थियो । जसमा नेपालमै ४ प्रतिशत थप अर्थात् ८ प्रतिशत देखिएको हो भने लुम्बिनी प्रदेशमा त कुल ख्याउटेपनाको १६ प्रतिशत देखिएको हो ।
एनडीएचएस सर्भेअनुसार सन् २०२२ मा ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाहरूको कुपोषणको अवस्थालाई १५ मा रोक्ने भनिएको थियो । तर यसमा थप ५ भई २५ पुगेको छ । यस्तै ख्याउटेपनालाई ४ प्रतिशतमा रोक्ने भनेकोमा ८ प्रतिशत र भने कम तौलको अवस्थालाई १० मा रोक्ने लक्ष्य रहेकोमा अहिले १९ प्रतिशत पाइएको छ ।
बालबालिकामा रहेको पुड्कोपनामा लुम्बिनी चौथो नम्बरमा रहेको छ । कर्णालीमा ३६ प्रतिशत, मेधमा २९ र सुदूरपश्चिममा २८ प्रतिशत रहेकोमा लुम्बिनीमा भने २५ प्रतिशत रहेको छ । कम तौल भएका बालबालिकाहरूमा पनि लुम्बिनी प्रदेशमा दोस्रो नम्बरमा रहेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशमा २९ प्रतिशत बालबालिकामा कम तौल भएको पाइएकोमा त्यसपछिको लुम्बिनीमा २५ प्रतिशत बालबालिकामा कम तौल पाइएको हो ।
फोकल पर्सन भण्डारीका अनुसार स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले प्रदेशका दुई वटा जिल्ला रुकुम पूर्व र कपिलवस्तु जिल्लामा पोषणको अवस्थाको विषयमा विशेष सर्वेक्षण समेत गरेको थियो । जसअनुसार कुपोषणबाट ग्रसित बालबालिका कपिलवस्तुमा पुड्कोपना ४६.१ प्रतिशत बालबालिका, ख्याउटेपना १०.३ प्रतिशत र कम तौल भएको ३६.२ प्रतिशत रहेको छ ।
प्रदेशका बालबालिकामा रक्त अल्पताको अवस्था पनि गम्भीर पाइएको छ । जसमा ४९ प्रतिशत बालबालिका रक्त अल्पताको सिकार भएका छन् । देशभरमा सबैभन्दा बढी मधेसमा ५१ प्रतिशत बालबालिका यसको सिकार भएका छन् । मधेस भन्दा जम्मा २ प्रतिशत मात्रै कम लुम्बिनी प्रदेशमा देखिएको हो ।
बालबालिकासँगै १० देखि १९ वर्षका किशोर किशोरीहरूमा गरिएको स्वास्थ्य तथा पोषणको अवस्थामा प्रदेशमा रक्त अल्पता ३९ प्रतिशत, कम तौल २५ प्रतिशत र किशोरीहरूमा अधिक तौल मोटोपना ५३ प्रतिशत भेटिएको हो ।
५ वर्ष मुनिका बालबालिकामा ख्याउटेपन, पुड्कोपन, कम तौल उच्च रहेको र २०३० सम्म लक्ष्य हासिल गर्न चुनौती रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा.विनोद कुमार गिरीले बताए । बालबालिका, किशोरी र प्रजनन उमेरका महिलाहरूमा रक्त अल्पता अधिक रहेको पाइएको जानकारी दिँदै स्तनपान संरक्षण, संवर्धन र प्रवर्द्धनमा कमी हुँदै गएको गिरीले बताए ।
उनले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नु, किशोरी आइरन फोलिक एसिड कार्यक्रम, विद्यालयमा जुकाको औषधी वितरण पनि कम हुँदा समस्या आएको बताए । यो विषयमा प्रदेशको मन्त्रालयबाट विभिन्न तहमा काम भइरहेको जानकारी दिँदै दिगो विकास लक्ष्यलाई प्रदेशले सहजतापूर्वक लिएर पुरा गर्ने अठोटका साथ लागिपरेको समेत निर्देशक गिरीको भनाई छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागी स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताए । स्थानीय सरकारसँग प्रत्यक्ष रूपमा जोडिने भएकाले स्थानीय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न मन्त्री खनालले आग्रह गरे ।
पोषणको अवस्थाको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गर्दे बाल स्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन नसकिने र सचेतना फैलाएर गाउँघरमै पाइने पौष्टिक तत्त्वहरू उपभोग गर्ने वातावरण तयार गर्न सचेतना फैलाउनु स्वास्थ्य मन्त्रालय मातहतका निकायलाई मन्त्री खनालले निर्देशन समेत दिइएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । लुम्बिनी