सूचनाको शक्ति - The Power Of Information

        

धनकुटामा एकै परिवारका तीन जना मृत फेला

धनकुटामा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङ, उहाँकी श्रीमती भीमा गुरुङ र ११ वर्षका छोरा आयूष घरभित्रै मृत फेला परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ६ वर्षकी छोरी आसिकी सकुशल रहेकी छन् ।

गएराति घरायसी विवादमा झगडा भएपछि बुबा टीकारामले छोरीलाई छिमेकीको घरमा लगेर छोडेका प्रहरीको भनाइ छ । त्यसपछि घटना भएको देखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार ११:२६

लोकप्रिय