मोरक्कोमा शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार जना नाघेको छ । घाइते हुनेहरुको सङ्ख्या पनि त्योभन्दा धेरै रहेको छ ।
घाइतेमध्ये १४ सय जनाभन्दा धेरैको अवस्था गम्भीर रहेको मोरक्को सरकारलाई उद्धृत गरी बीबीसीले जनाएको छ । उनीहरुको उपचार भैरहेको छ । भूकम्पबाट ठूलो सङ्ख्यामा मानिसहरू घाइते भएपछि उपचारका क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसमा हजारौँ मानिस लामबद्ध भएका छन् ।
रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत सङ्कलन गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानका लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् ।
भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धार र राहतका काम सँगसँगै भइरहेको छ । भूकम्पलगत्तै मानिसहरु सडकमा बसिरहेका छन् । मोरक्कोको ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र बिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ