२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

बाँके दुर्घटना अपडेट : यी हुन् ज्यान गुमाउने सात जना

सत्यपाटीसत्यपाटी । बाँके । २०८० भदौ २३ गते शनिबार

रोकिराखेको ट्रकमा यात्रुबहाक बस ठोकिँदा बाँकेमा सात जनाको मृत्यु भएको छ । दाङबाट भ्रमण गरेर बर्दिया फर्किँदै गरेको ना ७ ख २३२१ नम्बरको बस राप्तीसोनारी गाउँपालिका–८ शमशेरगन्ज नजिकै रोकिराखेको ट्रकमा शुक्रबार राति ठोकिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक गोविन्द भनिने जुगबहादुर चन्द शाही, कस्तुरी थापा, काशीराम थारू, रूपा परियार, जयन्त थारू र चानुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जनाए ।

उनका अनुसार अर्का एकजना मृतकको पहिचान खुल्न सकेको छैन । बर्दिया ठाकुरद्वारा–९ वेतनी सामुदायिक वन उपभोक्ता समितिबाट उक्त गाडी दाङको थारु संग्रहालयमा भ्रमणमा गएको जनाइएको छ ।

दुर्घटनामा परि घाइते भएका चारजनाको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ । दुईजना उपचारपछि डिस्चार्ज भएका छन् । नौ जनाको अवस्था सामान्य भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार