सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

 नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आज बुधवार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमामा गहिरो चोट लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

याे आक्रमणको कारण खुल्न सकेको छैन । यस घटनाका बारेमा अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी परिसर काठमाण्डाैले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १९:१४

लोकप्रिय